Logo

सामान्य प्रशासनमन्त्री अनिता देवीको छलाङ,मन्त्रालयमा बिचौलिया राजको अन्त्य, कार्यसम्पादनमा उत्कृष्ट



काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको छ । गत वर्ष सम्पन्न आवधिक निर्वाचनपछि पुस १० गते गठन भएको दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकाल पूरा गरेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।

प्रचण्ड नेतृत्वको २५ सद्सयीय मन्त्रिपरिषद्मा चार जना महिलामन्त्री रहेका छन् । नेपाली कांग्रेसबाट सीता गुरुङ,माओवादी केन्द्रबाट रेखा शर्मा,नागरिक उनमुक्तिबाट रन्जिता श्रेष्ठ र जनमत पार्टीबाट अनितादेवी साह मन्त्री रहेका छन् ।

प्रचण्डले आज आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्दै मन्त्रीहरुको कार्यसम्पादन पनि हेर्ने तयारी गरेका छन् । मन्त्रीहरुले आफ्नो रिपोर्ट कार्ड प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । दाहाल नेतृत्वको सरकारमा मन्त्री रहेका २१ जनालाई पछि पार्दै संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री अनिता देवी भने उत्कृष्ट देखिएपछि प्रधानमन्त्री प्रचण्ड स्वयं दंग परेका छन् ।

सामान्य प्रशासनमन्त्रीको रुपमा साउन २९ गते मन्त्रालय प्रवेश गरेकी अनिता देवी जनमत पार्टीकी केन्द्रीय सचिवसमेत हुन् । काम गर्ने दृढ प्रतिज्ञा र हुटहुटीकै कारण समानुपातिक प्रणालीमार्फत पहिलोपटक सांसद हुनासाथ उनले संघीय मामिलाजस्तो महत्वपूर्ण मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी थिईन् । तत्कालीन मन्त्री अमनलाल मोदीलाई विस्थापित गरेर मन्त्री बनेकी उनले छोटो समयमा नै आफूलाई अब्बल मन्त्रीको रुपमा दर्ज गराएर देखाएकी छन् ।

मन्त्री साहले आफूले मन्त्रीलयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा नै
निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता गर्न सफल भएकी छन् भने सङ्घीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको राय सहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई संघीय संसदमा विधेयक पेश गर्ने अवस्थामा पुर्याएकी छन् ।

मन्त्री देवीकै पहलमा फोहोरमैला सम्बन्धी कानून निर्माणको लागि विधेयकको मस्यौदा तयार भईरहेकोमा नेपाल सरकार कार्य विभाजन नियमावलीमा संसोधन भए बमोजिम उक्त कार्य शहरी विकास मन्त्रालयमा हस्तान्तरण भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को संशोधन विधेयकको तयारीको लागि सम्वन्धित निकायहरुसँग
राय माग भइ अन्तिम मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अगाडी बढाइएको तथा अन्तर(सरकार समन्वयका लागि विषयगत समिति गठन गरिएको छ । नेपाल गाउँपालिका महासंघरनगरपालिका महासंघसंग संयुक्त बैठक गरि स्थानीय तहमा देखिएका विभिन्न विवादहरु समाधान गर्ने प्रयास भएको छ ।

निजामती कर्मचारीको सरुवा बढुवामा निक्कै चलखेल हुने गरेको व्यापक गुनासोलाई सुनुवाइ गर्दै उनले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाएकी छन् । सरुवा बढुवामा हुने चलखेल लगभव अन्त्य नै भएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् ।

साह मन्त्री नियुक्त हुनुअघि संघीय मामिला मन्त्रालयमा बिचौलियाको राज हुने गरेको समचार पटक पटक सार्वजनिक हुने गरेको थियो तर,उनी मन्त्रीको रुपमा सिंहदरबारमा छिरेपछि मन्त्रालयमा हुने बिचौलियाको राज अन्त्य भएको छ । जसले गर्दा सेवाग्राहीहरुले सहजरुपमा सेवा लिने वातावरण निर्माण भएको छ । भने सेवा प्रवाहको क्षेत्र निक्कै चुस्त बनेको छ ।

मन्त्री देवीकै कार्यकुशलताको कारण मन्त्रालयका विभिन्न शाखा महाशाखाको कार्यसम्पादन निक्कै प्रभावकारीरुपमा अघि बढेको छ भने वर्षेदेखि विभिन्न कारणले रोकिँदै आएको संघीइ निजामती सेवा ऐन संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी कामसमेत अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्