Logo

सङ्घीयताको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण हुनुपर्छ- डा.शेखर कोइराला



काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयतालाई सफल कार्यान्वयन गर्न भ्रष्टाचार नियन्त्रण हुनुपर्ने बताएका छन् ।

बुढीगङ्गा गाउँपालिका–२ साक्माहा स्थित लिलाभक्ता राम आधारभूत विद्यालयको नवनिर्मित भवन र अभिभावक दिवसको आज उद्घाटन गर्दै उनले मुलुकलाई समृद्धितर्फ लैजान राजनीतिक दलहरुले भ्रष्टाचार नियन्त्रण, सशासन कायम गरी जनतामा गणतन्त्र एवं सङघीयतालाई चुस्तदुरुस्त बनाउन प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

नेता डा कोइरालाले चालु आर्थिक वर्षको छ महिनामा विकास खर्च १० देखि ११ प्रतिशतसम्म मात्र भएकामा चिन्ता व्यक्त गर्दै यसमा आवश्यक सुधार गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले युवाहरुको विदेश पलायन हुने कार्य अन्त्यका लागि राज्यले निजी क्षेत्रलाई उद्योग स्थापनामा प्रोत्साहन गर्न आवश्यक नीति नियममा संशोधन गर्नुपर्ने सुझाव दिए ।

कोइरालाले विद्यालयलाई कक्षा १० सम्म सञ्चालन गर्नका साथै विद्यार्थीलाई स्वआर्जनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 



प्रतिक्रिया दिनुहोस्