काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक ललितपुरको बालकुमारीमा सुरु भएको हो।
बैठकमा मूलतः पार्टीको विधानमाथि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ। एकीकृत समाजवादीले विधान मस्यौदा बनाउन उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको समिति बनाएको थियो।
यो केन्द्रीय कमिटी बैठकपछि आगामी माघ १४ र १५ गते पार्टीको केन्द्रीय परिषद् बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ।