काठमाडौं,१२ पुस । संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सम्पत्ति शुद्धिकरण विभागलाई हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको हो ।
हमालले घाटामा जान लागेको र गएका कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएर चलखेल गरेको भन्दै सांसदहरुले प्रशन उठाएका थिए ।
तस्विरहरु- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम