काठमाडौं,१२ पुस । सुनुवाइ नसकिएपछि क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दा आजपनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा तीन दिनबाट लगातार सुनुवाइ भईरहेको मुद्दामा आज प्रतिवादीका तर्फबाट तीन जना वकिलले बहस गरेका छन् ।
शुक्रबार प्रतिवादीका तर्फबाट थप वकिलले बहस गर्ने र वादी तर्फबाट जवाफी सकेपछि फैसला सुनाइनेछ ।
सन्दीपविरुद्ध गत वर्ष एक किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिइन् । मुद्दा दर्ता भएपछि पक्राउ परेका लामिछानेलाई सु्रुमा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियो । तर, पछि जिल्लाको आदेश उच्च अदालत र सर्वोच्चले बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । गत वर्षकै फागुनमा सर्वोच्चले यो मुद्दालाई फास्टट्रयाकमा राखेर टुंग्याउन आदेश दिएपनि मुद्दा टुंगिएको छैन् ।