Logo

हामीले अझै धेरै गर्नुछ : प्रधानमन्त्री प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १४ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्षमा सुशासनको थालनी भएको दाबी गरेका छन् । उनले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र चलायमान भएको दाबी गरे ।

आज (शनिबार) ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । बैंकको ब्याजदरपनि घटाईने उनको घोषणा गरेका छन् ।

यो बीचमा केही महत्वपूर्ण सकारात्मक परिवर्तन भएको पनि उनको दाबी छ । उनले भने,‘हामीले अझै धेरै गर्नुछ । हामी सबै मिलेर मात्र गर्न सकिन्छ ।

अहिले देशमा झण्डै ७० वर्ष लडेर, हजारौंले बलिदान गरेर ल्याएको परिवर्तन गरेर ल्याएको परिवर्तन छ, त्यो परिवर्तनमाथि प्रश्न उठाउने चेष्टा गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्