Logo

समाजवादी युवा संघको लुम्बिनी र कोशी समिति पुनर्गठन



काठमाडौं, १५ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोशी प्रदेश समिति शनिबार पुनर्गठन गरिएको हो ।

इटहरीस्थित कार्यालयमा शनिबार आयोजित भेलाबाट कोशी प्रदेश समितिको अध्यक्षमा टाइसन केरुङ्ग र मुख्यसचिवमा अमिर मगरसहित ३७ सदस्यीय समिति पुनर्गठन भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश समिति विकास यादवको अध्यक्षतामा पुनर्गठन गरिएको छ । कपिलवस्तुमा आयोजित भेलाबाट संगठनको २७ सदस्यीय समिति पुनर्गठन गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्