Logo

मधेश उजाड हुनुको मधेशवादी दलहरुको हात छ, वीरगञ्जबाट पुँजी पलायन भयो : प्रभु साह



काठमाडौं, १५ पुष । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मधेशवादी दलको कारण आज मधेश प्रदेश विकासको मामिलामा धेरै नै पछि परेको टिप्पणी गरेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन मधेश प्रदेशको औद्योगिक हब मानिएको वीरगञ्ज पुगेका अध्यक्ष साहले मधेशवादी दल जहिल्यैपनि सत्तामा बसेको तर विकास भने केही पनि नगरेको आरोप लगाएका हुन् ।

उनले वीरगञ्जबाट आज पुँजी पलायन भैरहेको भन्दै यसको मुख्य दोषी मधेशका मसिहा भनिएकाहरु नै भएको आरोप लगाए । उनले मधेश उजाड हुनुमा मधेशवादी दलहरु नै मुख्य जिम्मेवार रहेको भन्दै अब जनताले उनीहरुलाई बहिष्कार गर्नुपर्ने बेला आएको पनि टिप्पणी गरे ।

हिजोमात्रै आजपानिकट भातृ संगठन आईटी आर्मीको रौतहटमा राष्ट्रिय भेला सुरु भएको छ । सो भेलाको उद्घाटन अध्यक्ष साहले गरेका हुन् । सो क्रममा उनले अहिलेको व्यवस्थाबाट मुलुकले पार नपाउने भन्दै व्यवस्था खारेजीको माग गरे । तत्काल अन्तरिम सरकार गठन नगरे आफूहरुले समानान्तर सरकार चलाउने पनि उनको चेतावनी थियो । file photo



प्रतिक्रिया दिनुहोस्