Logo

प्राधिकरणको बही खातामा ६१ उद्योगको उधारो २२ अर्ब बढि, उद्योगी भन्छन् ‘तिर्दैनौं’



काठमाडौं, १५ पुस । उद्योगी, व्यवसायीहरुले आफूहरुलाई नेपाल विद्युत प्राधिकरणले अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन फिडर मार्फत विद्युत उपभोग गर्ने उद्योगको लाईन काटेपछि उनीहरुले पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले कुनै पनि हालतमा प्राधिकरणले दाबी गरेको विद्युत महशुल नतिर्ने अडान लिएका छन् ।

प्राधिकरणले ६१ वटा कम्पनीले २२ अर्बभन्दा बढि बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । आफूहरुले तिर्नुपर्ने कुनै पनि बक्यौता नरहेको ब्यवसायीहरुको दाबी छ ।

नेपाल उद्योग परिसंघमा अध्यक्ष राजेश अग्रवालले प्रमाण देउ, तिर्छौं भन्दा पनि प्राधिकरणले जबरजस्ती लाईन काटेको बताए । प्राधिकरणका निर्देशक कूलमान घिसिङले आफू पपुलर बन्नका लागि लाईन काटेको आरोप लगाए ।

व्यवसायीहरुले प्राधिकरणसँगको विवाद समाधान गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् । आयोग गठन गरेर आयोगले दिएको सुझावअनुसार अगाडि बढ्नुपर्ने उनीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्