Logo

प्रचण्ड सरकार परिवर्तन गर्नुपर्ने शेखरको भनाई, देउवा कसको इशारामा हिँडेको भन्दै उठाए प्रश्न (भिडिओसहित)



काठमाडौं, १६ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले मुलुकमा अब कांग्रेस नेतृत्वको सरकार आवश्यक भैसकेको टिप्पणी गरेका छन् । उनले प्रचण्डले नेतृत्व गरेको सरकारले काम गर्न नसकेको भन्दै तत्काल परिवर्तन गर्नुपर्नै आवश्यकत्ता औंल्याए । आज (सोमबार) प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले अहिलेजसरी पार्टी चले संकट पैदा हुने पनि खतरा औंल्याए । उनले भने,‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय समिति भनौं या वडा समिति तपाईंहरू कसरी लिनुहुन्छ थाहा छैन म चाहिँ भद्दा कमिटी भन्छु ।’

उनले पार्टी र देश दुवैलाई सही बाटोमा हिँडाएर सपार्न सकिने पनि विश्वस दिलाए । उनले भने,‘देश र कांग्रेस दुवैलाई सपार्न सकिन्छ । त्यसका लागि हामीले व्यक्तिवादी चरित्र छाड्न जरुरी छ । हामी आफैंमा रमाइरहेका छौं । हामीहरूको सर्वेसर्वा त सभापति शेरबहादुर देउवा हो । हामी उहाँकै इसारमा हिँड्ने हो । तर, उहाँ कसको इसारमा हिँड्ने हुर्नुहोस् त ?



प्रतिक्रिया दिनुहोस्