Logo

नेपालमै उद्योग व्यवसायको माहौल बढाउँ, रोजगारी सिर्जना गरौंः अर्थमन्त्री महत



काठमाडौं, १६ पुस। अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताएका छन् ।

मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री महतले उद्योगी, व्यवसायीका समस्या समाधानका लागि आफू तयार रहेको बताएका हुन् ।

उनले समस्याहरु लिखित पठाउन वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समाधानका लागि आग्रह गरे । साथै, नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न उनले उद्योगी, व्यवसायीसँग आग्रह गरे ।

विदेशबाट फर्केर आएका युवाहरुको पुँजी र सीपलाई देश विकासमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । युवाहरुलाई आधुनिक कृषि कर्ममा प्रोत्साहन गर्नुपर्ने उनले बताए । सरकारले उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति लिएको समेत उनले बताए । कृषि क्षेत्र आधुनिकीकरण गरी उत्पादन बढाउनुपर्ने उनले बताए ।

उनले उद्योग व्यावसायीलाई कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्