काठमाडौं, पुस १७। काठमाडौंको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता–चप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन मेला जारी छ । ‘जाडोको बेला भृकुटीमण्डपमा जुत्ता मेला’ आयोजना गरी विशेष छुटमा जुत्ता चप्पल बिक्री भइरहेको आयोजकले जनाएको छ ।
स्वदेशी ११ वटा कम्पनीको संयुक्त आयोजना तथा व्यवस्थापनमा सञ्चालनमा रहेको मेलामा नयाँ-नयाँ मोडलका र विशेष गरी जाडो लक्षित जुत्ता चप्पल उपलब्ध रहेको आयोजक सविन कार्कीले जानकारी दिए ।
मेलामा ग्राहकले ५० प्रशितसम्म छुट प्राप्त गर्न सक्ने बताउँदै उनले मेलामा ३० भन्दा बढी ब्राण्डका झण्डै ६ हजार मोडलका जुत्ता चप्पल उपलब्ध रहेको जानकारी दिए । मेलामा शिखर सुज, रन सुज, बाम्बो सुज, सु ल्याण्ड, वान वर्ल्ड, भेनस सुज, प्राइड स्वेदशी, आइडल सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप सुजको सहभागिता छ ।
महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध छन् । एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्ने आयोजकको भनाइ छ ।