काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिकाले महानगर रिसर्च फेलोसिप ण्अनुसन्धान शोधवृत्ति) का लागि आवेदन माग गरेको छ ।
आफूले अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा २ बर्षको अनुभव हुनेले आवेदन दिन सक्ने बताइएको छ ।
आवेदक नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अध्ययनपछि प्रतिवेदन, लेख र प्रस्तुति यिनै दुईमध्ये एक भाषामा तयार पार्नुपर्ने महानगरले बताएको छ ।
महानगरले आवेदकलाई उमेरका हद नराखिएको १० जना शोधकर्ता छानिने बताएको छ । शोध कार्य सम्पन्न गर्नुपर्ने समयावधि ६ महिनाको तोकिएको छ ।