काठमाडौं, १८ पुष । भारतीय विदेशमन्त्री डा. एस जयशंकर भोलि नेपाल आउने भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री जयशंकर भोलि नेपाल आउन लागेका हुन् ।
उनी नेपाल–भारत संयुक्त बैठकमा सहभागी हुनको लागि भोलि काठमाडौं आउन लागेका हुन् । सो बैठकले नेपाल र भारतबीच दुई देशीय साझेदारीका सबै पक्षको समिक्षा एवम् पूनरावलोकन गर्नेछ ।
नेपाल भ्रमणको क्रममा जयशंकरले नेपालका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको ‘छिमेक पहिले’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको छ ।