पुस १९ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सत्ता गठबन्धनलाई विभिन्न काण्डबाट बच्न नेकपा (एमाले) को साथ चाहिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता कोइरालाले कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा सत्ता गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न लागेको उल्लेख गरेका छन् । उनले लेखेका छन्,
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’