सुर्खेत, पुस १९ । जीवन वीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । बिरेन्द्रनगर ३, सुर्खेत निवासी योगेश खत्रीको मृत्यु पश्चात निजको श्रीमती शान्ति कुमारी भण्डारी खत्रीलाई दावी रकम हस्तान्त्रण गरिएको हो ।
५ बर्ष पहिले ५१ लाख १८ हजार वीमाङ्कको जीवन वीमा गराएका योगेशको केही समय पहिले अचानक मृत्यु भएको थियो । उक्त वीमा वापतको वीमाङ्क रकम र वोनस रकम मध्ये उनले लगेको ऋण रकम र नयाँ वीमा वापतको प्रिमियम कट्टि गरि ३७ लाख ८८ हजार ३२५ को चेक हस्तान्त्रण गरिएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री लक्ष्मण कंडेल, नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, अभिकर्ता संध अध्यक्ष संतोष शर्मा, ब्यबसायी धन बहादुर रावत, सिनियर एएम कमल गुरुङ, शाखा प्रमुख चक्र बहादुर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।