Logo

मौलापुर नगरपालिकाले सुरु गरेको “असहायको साथमा मेयर” कार्यक्रम प्रभाबकारी बन्दै



काठमाडौं,१९ पुस । रौतहटको मौलापुर नगरपालिकाले सुरु गरेको ‘असहायको साथमा मेयर कार्यक्रम प्रभाबकारी बन्दै गएको छ ।

नगरपालिकाले असहाय र गरिब नागरिकलाई लक्षित गरेर सुरु गरेको अभियानको सकारात्मक प्रभाव विस्तारै देखिन लागेको छ । नगरपालिकाले सोहि कार्यक्रमअन्तर्गत आज झण्डै ५० जना गरिब परिवारलाई ३० हजारको दरले आर्थिक अनुदानको चेक हस्तान्तरण गरेको नगरप्रमुख रीनाकुमारी साहले जानकारी दिइन् ।

मेयर साहको पहलमा शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको छ । साह मौलापूरमा २०७४ सालदेखिनै नगरप्रमुख रहँदै आएकी छन् । उनको पहलले नगरको स्वरुप नै फेरिएको स्थानीयले बताउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्