Logo

राष्ट्रिय सभा निर्वाचनः कोशीमा एमालेबाट आठ जनाको नाम सिफारिस



काठमाडौं, २० पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) कोशी प्रदेश समितिले आठ जनाको नाम सिफारिस गरेको छ । एमाले कोशी प्रदेश समितिले चार जना पुरुष र चार जना महिला गरी आठ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेहरुमा पुरुषतर्फ उमानाथ ओली (झापा) र हरिशचरण बानियाँ (झापा), पर्शुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ) रहेका छन् । त्यसैगरी, महिलातर्फ रुकमणी कोइराला (सुनसरी), नेचीमाया धिमाल (मोरङकी) रोशनी मेचे (झापा) र कान्ता राई (उदयपुर) को नाम सिफारिस भएको छ ।

कोशीबाट आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा दुई सिटका लागि निर्वाचन हुँदैछ । कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ माओवादी केन्द्रकी बिना पोखरेलेको पदावधि सकिएपछि उक्त क्षेत्रमा निर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्