Logo

राष्ट्रिय सभा निर्वाचनः एकीकृत समाजवादीलाई बागमती र कर्णालीमा १/१ सिट दिने गठबन्धन दलको निर्णय



काठमाडौं, २२ पुस । सत्तारुढ गठबन्धन दलबीच राष्ट्रिय सभा सदस्य निर्वाचनको भागबण्डा टुङ्गिएको छ । यो सँगै सत्तारुढ गठबन्धन दलले राष्ट्रिय सभामा साझा उम्मेदवार उठाउने भएका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसले १० सिट, नेकपा (माओवादी केन्द्र) ले ६ सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाउने गरी भागबण्डा टुंगिएको छ ।

सत्तारुढ गठबन्धन दलले एकीकृत समाजवादीलाई बागमती प्रदेशमा १ सिट र कर्णालीमा १ सिट पाएको छ । यद्यपि आफूहरुलाई कम सिट दिइएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्