काठमाडौं, २२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि १ किलो ३ सय ग्राम सुन बरामद भएको छ । उक्त सुन फ्लाई दुबईबाट आएकी श्रीलंकाली नागरिक कान्था माथा काभास्करले ल्याएकी थिईन् । शनिबार राति १२ बजे चेकजाँचको क्रममा उनलाई सुनसहित नियन्त्रणमा लिइएको छ ।
उनले आफूले लगाएको ब्राभित्र ५ सय ग्रामका दुई थान र कट्टुभित्र ३ सय ग्राम सुन ल्याएकी थिईन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले थप अनुसन्धान गरिरहेको बताइएको छ ।