काठमाडौं, पुस २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ।
यही पुस २७ गते आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको छ ।
राप्रपाले चियापान समारोह आयोजना हुने दिन विहान सिंहदरबारस्थित सालिकमा माल्यार्पण कार्यक्रम राखेको छ। भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हुदै सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म र्यालीको आयोजना गरेर सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।