Logo

राष्ट्रिय सभा निर्वाचनः मनोनयन दर्ता नगराई फर्किए एमालेका राजपुत



काठमाडौं, २३ पुस । नेकपा (एमाले) ले मधेश प्रदेशबाट उम्मेदवार बनाएका अर्जुनसिंह राजपुत उम्मेदवारी दर्ता नगराई फर्किएका छन् । उम्मेदवारी दर्ताका लागि प्रदेश निर्वाचन कार्यालय पुगेका राजपुतको मतदाता नामावलीमा नाम नभेटिएपछि उनी मनोनयन दर्ता नगराई फर्किएका हुन् ।

मधेश प्रदेशमा महिला र अन्य गरी दुई सिटमा निर्वाचन हुँदैछ । एमालेले राजपुतलाई अन्य समुहबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्