काठमाडौं, २३ पुस । काठमाडौं जिल्ला अदालतले १४ किलो सुन तस्करी प्रकरणमा चन्द्र घलेसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थलबाट गत मंसिर २२ गते युएईबाट आएका घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।
पक्राउ परेका घलेले उक्त सुन गोर्खाका मीनबहादुर घलेको भएको खुलाएका थिए । उनको बयानको आधारमा मीनबहादुरलाई समेत पक्राउ गरिएको थियो । सोही प्रकरणमा विमानस्थलका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखाका सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतसमेत जोडिएका थिए । उनीहरु सबैलाई थुनामा पठाउने आदेश भएको छ । File Photo