Logo

प्राधिकरणको बक्यौता बुझाउन ६१ उद्योगलाई किस्ता सुविधा, कसले कति छ तिर्न ? (सूचीसहित)



काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणको गत १६ गते बसेका सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको हो । यो व्यवस्था एक पटकका लागि गरिएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । हाल बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती भएको छ ।

यी हुन् बक्यौता बाँकी रहेका ६१ उद्योग



प्रतिक्रिया दिनुहोस्