काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन हारेकालाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाइनु व्यवस्थामाथिको प्रहार भएको टिप्पणी गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले राष्ट्रका लागि भन्दा पनि पार्टीका लागि काम गर्नेलाई राष्ट्रिय सभाको उम्मेदवार बनाइएको भन्दै आपत्ति जनाएका हुन् । निर्वाचन हारेकाहरुलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन नहुने उनको मत थियो ।
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा पराजय व्यहोरेका कृष्णप्रसाद सिटौलालाई कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको थियो । उनले सिटौलालाई लक्षित गर्दै विरोध जनाएका हुन् । Photo By: Mukunda Kalikote/RN