काठमाडौं, २४ पुष । नेकपा (एमाले) युवा नेतृ सविना बुढाथोकीसहित विभिन्न नेता तथा कार्यकर्ताहरु प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेका छन् । बुढाथोकीसहित संयुक्त राष्ट्रवादी समाजवादीकी पूर्वा उपाध्यक्ष एवम् धादिङकी एमाले नेतृ देवी पण्डित पनि आजपामा प्रवेश गरेकी हुन् ।
उनीहरुलाई अध्यक्ष साहले खादा तथा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । आजपाको सिंहदरबारस्थित् दलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गरिएको साहले जनाएका छन् । साथै, उनले नवप्रवेशीहरुलाई उज्जवल राजनीतिक भविष्यको लागि पनि शुभकामना व्यक्त गरेका छन् । सो कार्यक्रमबारे साहले फेशबुक पेजमा लेखेका छन्-
पार्टीमा हार्दिक स्वागत बधाई तथा शुभकामना
आज सिंहदरबार स्थित आजपा संसदीय दलको कार्यालयमा काठमाडौं एमाले नेत्री क. सविना बुढाथोकी, संयुक्त राष्ट्रवादी समाजवादीको पूर्वउपाध्यक्ष एवं धादिङ् एमाले नेत्री क. देवी पण्डित, युवा व्यक्तित्व तथा संयुक्त राष्ट्रवादी समाजवादीको सचिव क. किसन प्रसाद अधिकारी, केन्द्रीय नेता क. मोहन बास्तौला लगायतका अगुवा नेताहरु आजबाट विधिवत रुपमा हाम्रो पार्टीमा गोलबन्द हुनुभएकोमा सहर्ष हार्दिक स्वागत, बधाई तथा थप उज्जवल राजनीतिक भविष्यको असीम शुभकामना व्यक्त गर्दछु ।