काठमाडौं, २४ पुस । कोशी प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाइएको विषयमा राप्रपा केन्द्रीय निर्देशन समितिले आपत्ति जनाएको छ । आज (मंगलबार) बसेको केन्द्रीय निर्देशन समितिको बैठकले केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई प्रदेश सभाको सभामुख फिर्ता गर्न आवश्यक कदम चाल्न निर्देशन दिएको हो ।
कोशी प्रदेश सभाको आज बसेको बैठकले विष्टलाई सर्वसम्मत सभामुखमा निर्वाचित गरेको थियो । प्रदेश सभाको सभामुखमा सत्तारुढ दल र प्रमुख विपक्षी दलका तर्फबाट उम्मेदवारी नपरेपछि उपसभामुख सिर्जना दनुवारले विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिईन् ।