काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार कृष्णप्रसाद सिटौला संघीयताको पक्षमा आफूलाई कडा रुपमा प्रस्तुत गर्न थालेका छन् ।
उनले सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी आफूले राष्ट्रिय सभाबाट इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज (बुधबार) विराटनगरमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिटौलाले सङ्घीयताको लाभ जनताले अनुभूत गर्न नसकेको भन्दै कानुन अभावमा सङ्घीयता कार्यान्वयन नभएकोले अब त्यस्तो अवस्था रहन नदिईने बताए । सिटौला निर्वाचित भए राष्ट्रियसभाको अध्यक्ष बन्ने सम्भावना रहेको नेताहरुको भनाई छ ।