Logo

पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद सजाय



काठमाडौं, २५ पुस । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ ।

पूर्वडीआईजी शाहलाई १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबीसहित दायर गरिएको भ्रष्टाचार मुद्दामा सोहीअनुसार जरिवाना र विगो असुल गर्ने फैसला भएको छ ।

उनीविरुद्धको मुद्दामा विशेष अदालतले गत पुस ११ गते दोषी ठहर गरेको थियो । आज (बुधबार) उनीविरुद्धको मुद्दामा सजाय निर्धारण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्