Logo

नाउपाको प्रथम अधिवेशन आजबाट, प्रचण्डदेखि भाजपाका प्रतिनिधि समेतलाई निम्ता



काठमाडौं,२६ पुस । सत्तारुढ दल नागरिक पार्टी उन्मुक्ति (नाउपा)को प्रथम केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टीकापुरमा आजबाट सुरु हुने अधिवेशन तीन दिनसम्म जारी रहनेछ ।

महाधिवेशनमा ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने नाउपाले जनाएको छ । मनोनित केन्द्रीय सदस्यहरुसमेत गरी नाउपाको केन्द्रीय समिति ५०१ सदस्यीय हुनेछ ।

महाधिवेशनमा नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपालका सबै राजनीतिक दलका शीर्ष नेता र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । रञ्जिता श्रेष्ठको नेतृत्वमा नाउपा दुई वर्ष अघि निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यसयता रञ्जिता पार्टी अध्यक्ष र उनका श्रीमान् रेशमलाल चौधरी संरक्षकको भूमिकामा छन् ।

रञ्जिता वर्तमान सरकारकी भूमि व्यवस्था तथा सहकारी गरिबि निवारणमन्त्री रहेकी छन् । । नाउपाको विधानमा एक व्यक्ति एक पदको व्यवस्था भएकाले अब रञ्जिताको सट्टा रेशम चौधरी पार्टी अध्यक्ष बन्न सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्