काठमाडौं,२६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नभएको भन्दै प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको छ ।
सापकोटाले गौशाला २६ (परिवर्तित नाम) को तस्बिर भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । उनले क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको तस्बिर सार्वजनिक गरेका थिए । हाल उक्त तस्बिर सामाजिक सञ्जालबाट भने हटिसकेको छ ।
‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशिल नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं। सापकोटाले गौशला-२६ (परिवर्तित नाम) को तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेका थिए’। रास्वपाले भनेको छ ।
लामिछानेलाई जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेको थियो । जिल्लाको फैसला उपर सन्दीप पक्ष भने उच्च अदालत जाने तयारीमा छन् ।