Logo

विधान संशोधनका लागि बाबुरामले बोलाए केन्द्रीय समिति बैठक



काठमाडौं,२७ पुस । डा.बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।

नेसपाले आगामी माघ १९ गतेका लागि केन्द्रीय कार्यकारिणी र २० गते केन्द्रीय समितिको बैठक बोलाएको नेसपाले जनाएको छ । बैठकमा विधान संशोधनबारे छलफल तथा अनुमोदन हुने कार्यसूची तय भएको नेसपाले जनाएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले नेतृत्व गरेको नेसपा सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने हल्ला चरिरहेको छ । माओवादीसँग पार्टी एकताबारे निर्णय गर्न कार्यदलसमेत बनाएको थियो तर,उक्त कार्यदलले पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्