काठमाडौं, २७ पुष । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आज (शुक्रबार) जलपान कार्यक्रमको आयोजना गरेको छ ।
भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानालगायत वभिन्न दलका नेता तथा कार्यकर्ताहरु, नेपालस्थित् विभिन्न देशका नियोग प्रमुखहरुको उपस्थिति थियो ।
समारोहमा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलगायत सहभागी थिए ।
सो अवसरमा सबै पाहुनालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलले नै स्वागत गरेका थिए । सो क्रममा अध्यक्ष लिङ्देन र प्रधानमन्त्री दाहालबीच हार्दिकता देखिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम