Logo

स्टाटस विवादित बनेपछि चन्द्र भण्डारीले भने: अपराधलाई सर्मथन र अपब्याख्या गर्नु पनि महाअपराध हो



काठमाडौं,२७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले आफूे बुधबार लेखेको स्टाटसबारे गलत अर्थ नलाउन आग्रह गरेका छन् ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दासँग सम्बधित रहेर तर,नाम उल्लेख नगरी भण्डारीले प्रेम र बलात्कारबारे कानूनमा प्रष्टसँग ब्याख्या हुनुपर्ने धारणा राखेका थिए ।

भण्डारीले लेखेका थिए, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो ? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता।’

भण्डारीको उक्त स्टाटसमा समर्थन र विरोधका स्वरहरु बाक्लिन थालेको छ । उनको स्टाटसमा विरोध जनाउँदै नेकपा एमालेकी नेतृ उषाकिरण तिम्लिसिनाले प्रेम र बलात्कार खाना र गोबर जत्तिकै फरक रहेको जवाफ फर्काएकी थिईन् ।

तिम्सिनाले लेखेकी छन्,‘जति खाना र गोबरबीच फरक छ, त्यति नै प्रेम र बलात्कारबीच फरक छ। कोही प्रेममा छ भने बलात्कार हुन्न र कोही बलात्कारीले प्रेम गर्न जान्दैन सायद। तपाईंको परिभाषाको आवश्यकता भाँडमा जाओस्।’

यसरी आफ्नो स्टाटस विवादमा परेपछि नेता भण्डारीले आज पुन सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका छन् । उनले लेखेका छन् ‘शुभचिन्तक प्रति पर्न गएको असर प्रति दुःखी छु । आसयलाई बुझी दिन पनि आग्रह।बलात्कार जस्तोअपराध महाअपराध हो । अपराधलाई सर्मथन र अपब्याख्या गर्नु पनि महाअपराध हो। सतर्क! मानिस ज्ञानले मात्र पूर्ण हुदैन विवेक विना! समान न्यायको लागि कठोर यात्राका हामी सहयात्री हौं कहिले रुकिदैन यो यात्रा’।



प्रतिक्रिया दिनुहोस्