Logo

सरकारले काममा कमजोरी गरिरहेको छः माधव नेपाल



काठमाडौं, २८ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारले काममा कमजोरी गरिरहेको टिप्पणी गरेका छन् । आज (शनिबार) शंकरापुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले कमजोरी गरिरहेको भएपनि आफूहरुले खबरदारी गरिरहेको बताए ।

वर्तमान सरकारले उत्पादनमा वृद्धि नगरेको, रोजगारी बढाउन नसकेको र मानिसहरुको जीवनयापन सहज रुपमा चल्न नसकेको उनले बताए । अहिले सबैभन्दा ठूलो समस्याको रुपमा भ्रष्टाचार, कुसाशन र सेवा भावको कमी रहेको उनले बताए ।

‘कम्युनिष्ट पार्टीको नेतृत्वमा अहिले सरकार छ । नेकपा माओवादीले नेतृत्व गरिरहेको छ । सरकारले काममा कमजोरी गरिरहेको छ भने हामीले खबरदारी पनि गरिरहेका छौं । सुझावहरु पनि दिइरहेका छौं । हामीले पटक–पटक ज्ञापन पत्र र ध्यानाकार्षण पत्र पनि दिएका छौं,’– उनले भने ।

नेकपा (एस) ले सिंगो देश विकासको खाका अगाडि सारेको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्