Logo

‘मन्त्रालय घटाउन पर्छ की जस्तो लाग्छ’



काठमाडौँ, २८ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको हस्तकला क्षेत्रको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासङ्घको ४३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले हस्तकला नीतिको मस्यौदालाई चाँडै पूर्णता दिइने तथा सातै प्रदेशमा हस्तकलाग्राम निर्माणका निम्ति उच्चस्तरमा छलफल अघि बढाइने बताए ।

मुलुकको तीव्र आर्थिक विकास नै आजको प्रमुख कार्य भएको बताउँदै मन्त्री श्रेष्ठले सरकार यसका निम्ति क्रियाशील रहेको बताए । उनले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अघि बढिरहेको उल्लेख गरे ।

“विकास र आर्थिक क्रियाकलापलाई केन्द्रमा राखिएको छ, सुशासनलाई त्यसको पूर्वसर्त बनाइएको छ”, उनले भने, “सुशासनबिना परिणाम दिन सकिँदैन, सरकार त्यसप्रति सचेत छ ।”

साथै, महासङ्घले राखेका प्रस्तावमाथि बोल्दै उनले भने, ‘यो हस्तकला निर्यात विकास मन्त्रालयनै बनाऔं भन्नुभएको रहेछ । मन्त्रालय थप्ने पक्षमा त अहिले जान मिल्छ जस्तो मलाई लाग्दैन । मन्त्रालय त बरु घटाउन पर्छ कि जस्तो लाग्छ मलाई । यो मन्त्रालय नभएपनि विभागसम्म हुनसक्छ कि ? भन्ने तपाईँहरुको प्रश्न छ । त्यसलाई सकारात्मक सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।’



प्रतिक्रिया दिनुहोस्