Logo

दाउरा चिर्न वन गएका बालकको रूखले च्यापिएर मृत्यु



काठमाडौं, पुस २९ । अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो।

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्