Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं, पुस २९ । आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजे बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, टीआरसी विधेयकलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत छलफल हुने जनाइएको छ ।

आजको बैठक राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा केन्द्रित रहनेछ । राष्ट्रिय सभाको रिक्त हुने १९ सिटका लागि सत्तारुढ चार दलले बाँडफाँट गरिसकेका छन् । जसअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २, जनता समाजवादीले १ सिट पाएको छ । राष्ट्रपतिमा मनोनीत हुने एक सदस्य पद भने जनमोर्चाको भागमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्