Logo

गभर्नर अधिकारीको फोटो दुरुपयोग गरी नक्कली ह्वाट्स एप खोलिएको भन्दै सचेत रहन राष्ट्र बैंकको आग्रह



काठमाडौं,२९ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको तस्बिर दूरुपयोग गरेर नक्कली ह्वाट्स एप बनाइएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

आइतबार राष्ट्र बैंकको एक सूचना जारी गर्दै नक्कली आइडी बनाएर रकम असुली गरी ठगी गर्ने काम भएको भन्दै सचेत गराएको हो ।

राष्ट्र बैंकले भनेको छ,’यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।’



प्रतिक्रिया दिनुहोस्