काठमाडौं, २९ पुष । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्ष बनेकोमा कानूनी प्रश्न उठाएका छन् । त्रिपाठीले कानूनतः चौधरी दलको अध्यक्ष बन्न नमिल्ने तर्क गरे । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘राजनीतिक दलको अध्यक्ष बनेको एउटा सार्वजनिक पद हो । सार्वजनिक पदमा यस्तो सजाय पाएको व्यक्ति बस्न मिल्दैन् । यसमा संविधानभन्दापनि राजनीतिक दलसम्बन्धी जुन ऐन छ, त्यसले रोकेको छ ।’
रेशमलाई जन्मकैदको सजाय भएको पनि उनले स्मरण गराए । सजाय कटौती भएपनि उनीमाथि लागेको अभियोगअनुसार निर्दोष भन्न नमिल्ने पनि अधिवक्ता त्रिपाठीको दाबी छ । रेशम चौधरीमाथिको सजाय जस्तोका त्यस्तै रहेको र अहिले मुद्दा अदालतमा विचाराधिन रहेको उल्लेख गर्दै उनले कानूनतः चौधरी पार्टीको अध्यक्ष बन्न नमिल्ने जिकिर गरे । चौधरीले सजाय कटौती पाएपनि दोषमुक्त नभएको उनको भनाई छ । file photo