काठमाडौं,१ माघ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आसन्न राष्ट्रिय सभा निर्वाचनमा मधेश र लुम्बिनीमा उठामएका आफ्ना उम्मेदवारको नाम फिर्ता लिन अस्वीकार गरेको छ ।
जनमतले आज एक सूचना जारी गर्दै मधेश प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ ।
मधेश र लुम्बिनीबाहेकका अन्य स्थानमा भने जनमतले सत्ता गठबन्धनलाई सघाउने निर्णय पनि गरेको छ । सत्ता गठबन्धनमा जनमतले एक सिट मागेको थियो ।तर, गठबन्धन दलले सिट नदिएपछि जनमतले मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार उठाएको हो ।
सत्ता गठबन्धनमा रहेका जनमत पार्टीका अध्यक्ष राउतलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्यका लागि दिन लगाएको उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेका थिए । तर अध्यक्ष राउतले सो आग्रहलाई अस्वीकार गरेका छन् ।