काठमाडौं, माघ २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँ घटेको छ । सोमबार १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।