Logo

प्रधानमन्त्री कप क्रिकेटमा सूर्य तामाङले लिए ह्याट्रिक विकेट



काठमाडौं,२ माघ । राजधानीसहितका तीन रंगशालामा शनिबारबाट जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशका युवा बलर सूर्य तामाङले ह्याट्रिक विकेट लिएका छन् ।

सूर्यले मधेश प्रदेशविरुद्धको खेलमा सनसनीपूर्ण बलिङ गरेका ९ ओभरमा १९ रन दिएर ६ विकेट चट्काए ।

उनले २९ ओभको पहिलो दोस्रो र तेस्रो बलमा लगातार रुपेश सिंह, राजेश यादव, र संसद अन्सारीलाई आउट गरे । तामाङले सोहि ओभरको अन्तिम बलमा रञ्जित कुमारलाई एलबीडब्लूमा पारेर आउट
गराएका छन् ।

उनकै सनसनीपूर्ण प्रदर्शनका कारण टिमले पहिलो जित दर्ता गरेको छ । तामाङले जारी प्रतियोगिताको तीन खेलमा १२ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन् ।

यो ह्याट्रिक प्रधानमन्त्री कप क्रिकेटको यो संस्करणको पहिलो ह्याट्रिक हो । गत महिना सम्पन्न महिला प्रधानमन्त्री कप टी-२० मा पनि कोशी प्रदेशकी अलराउण्डर अप्सरी बेगमले सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिय विकेट लिएकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्