Logo

भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै सर्वोच्चमा दायर रिट न्यायाधीश चुडालको इजलासमा



काठमाडौं,४ माघ । भीड नियन्त्रण गर्दा प्रहरीलाई घातक हतियार प्रयोग गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भीड नियन्त्रणका लागि प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियार प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटमा भीड नियन्त्रणका लागि अत्याधिक बल प्रयोग एवम् हिंसात्मक साधानको प्रयोगलाई बर्जित गर्न माग गरिएको छ।

त्रिपाठीले यो रिटको टुंगो नलागेसम्म घातक हतियार प्रयोगमा रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस्