काठमाडौं,४ माघ । उद्योग विभागको महानिर्देशकमा यज्ञराज कोइराला नियुक्त भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तान्दै उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । उनले मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा हेर्दै आएका थिए ।
गौतमले विभागलाई गति दिन नसकेपछि कोइरालालाई पठाइएको हो । विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ ।
औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।