काठमाडौं,५ माघ । कार्टुनिष्ट क्लब अफ नेपालका महासचिवसमेत रहेका रवि मिश्रले काठमाडौंमा एक कार्टुन प्रदर्शनी गरेका छन् ।
नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा मिश्रले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने प्रदर्शनी सुरू गरेका हुन्।
नयाँ पत्रिकामा कार्यरत मिश्रले १७ वर्षदेखि विभिन्न अखबार र म्यागेजिनमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका छन्।
तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम