Logo

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारका नक्कली टिकट फेला



कैलाली, माघ ६ । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री भएको पाइएको छ। प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्र हुँदै गरेको भेटिएको हो।

महोत्सव आयोजक अत्तरिया उद्योग वाणिज्य संघका अनुसार २८ वटा टिकटका ठेली नक्कली रहेको भन्दै नियन्त्रणमा लिएको छ। सुदूरपश्चिम प्रादेशिक महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको पाइएको हो।

आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। नक्कली टिकट मध्ये दुई ठेली पूरा विक्री भएको छ। नक्कली ठेली बरामद भएपछि शुक्रबार आयोजक आफैले टिकट काटेको छ ।



प्रतिक्रिया दिनुहोस्