Logo

आधा किलो सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाका खगेन्द्र दर्जी पक्राउ



काठमाडौं,७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् ।

सुनसहित पक्राउ पनेृमा झापाका खगेन्द्र दर्जी रहेका छन् । उनको साथबाट विमानस्थल भन्सार कार्यालयले ४९९ ग्राम सुनबरामद गरेको उच्च स्रोतले जनाएको छ ।

दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्