Logo

बागमती प्रदेश लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)



काठमाडौँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ । योग्यता पुगेका उम्मेदवारहरूले माघ २८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्