Logo

सतर्कता केन्द्रको निर्देशन, ‘आफ्नै सवारी साधनको प्रयोग गरी ट्रायल दिन पाउने व्यवस्था मिलाउनु’



काठमाडौं, ८ माघ । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा परीक्षार्थीले आफ्नो सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन जारी गर्दै सतर्कता केन्द्रले ऐन, कानुन र निर्देशिकाहरुमा प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक प्रावधान नरहेकाले परीक्षार्थीको स्वैच्छाअनुसार साधन प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन भनेको हो ।

सतर्कता केन्द्रले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गरी परीक्षा दिन बाध्य पार्दा मनोमानी रुपमा शुल्क असुल्ने गरेको उजुरी तथा गुनासो प्राप्त भएको भन्दै यस्तो निर्देशन जारी गरेको हो ।

सतर्कता केन्द्रको निर्देशन अगावै लुम्बिनी प्रदेशका यातायात मन्त्री सरोज थापा (रोज राणा) ले भने आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्